आगामी आईसिसि निर्बाचन धाधलीरहित बनाउन निर्देशन

१९ भदाै, काठमाडौँ । एनआरएनए जापान विवाद,एमआईएस विवाद,पार्षदलगाएतको विवादमा परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए आईसिसिलाई प्रश्न नै प्रश्न उठाउदै पत्र लेखेको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिंदै बिहिबार पत्र लेखेको हो ।

अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समितिले गत हप्ता निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको, प्रविधिको दुरुपयोग गरि ६० वटा ग्रुप मेल तयार पारी २,९०४ मत मतदाताको मताधिकारको दुरुपयोग गरी खसालिएको तथ्यसहितको प्रतिवेदन बुझाएसँगै सोही प्रतिवेदनका आधारमा निर्वाचनमा अनियमितता भएको पाइएकोले राष्ट्रिय समन्वय परिषद् जापानको निर्वाचनको वैधताका बारेमा प्रश्न उठेको जनाएको छ ।

एनआरएनए जापानको निर्वाचनमा ईस्पष्ट धाधली भएको देखेको परराष्ट्र मन्त्रालयले जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ, धाधलीरहित, निष्पक्ष र विश्वसनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत पाँच दिनभित्रमा जानकारी गराउनका लागि निर्देशन गरिएको छ ।

बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित अन्तरराष्ट्रिय समन्वय परिषद्, गैर आवासीय नेपाली संघका नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको, अगष्ट १५ पछि पनि प्रतिनिधिको विवरण पठाइएको, उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रकृयामा सामेल भएको पाइएको, निर्वाचन आचार संहिताको पालना नगरि उल्लंघन गरिएको लगायतका गुनाषा पाइएकोले त्यसको यथार्थ जानकारी दिनका लागिसमेत एनआरएनए आईसिसिलाई पाँच दिनको समय दिईएको छ ।

एनआरएनए आईसिसिले गरिरहेको काममाथि प्रश्नको चाङ्ग उठाउदै पररास्ट्र मन्त्रालयले बर्तमान नेतृत्वका केहि पदाधिकारीले आफै आगामी नेतृत्वमा दाबेदारी गरिरहदा पनि निर्बाचन गराउने प्रक्रियामा सामेल हुनु गलत भएकाले तेस्तो नगर्न चेताबनी दिएको छ अहिले उपाध्यक्ष बद्रि केसि,महासचिब हेमराज शर्मा र सचिब गौरी जोशीले नेतृत्वमा भएको फाईदा उठाउदै धेरै संस्थागत बदमाशी गरेका छन ।

हालसम्म एनआरएनएको कति सदस्य बने र कति महाधिबेसन प्रतिनिधी बने त्यो पनि सार्बजनिक गरिएको छैन अहिले पनि आफ्नो पक्षका महाधिबेसन प्रतिनिधीको संख्या बढाउन अझै पनि केसि,शर्मा र जोशी एनआरएनए सचिबालयको दुरूपयोग गर्दै आईटिका केहि कर्मचारीलाई प्रभावित बनाएर संस्थागत धाँधली गर्न लागी रहेका छन ।

उनीहरुले अध्यक्ष कुमार पन्तको सोझोपनको फाईदा उठाउदै उनलाई गुमराहमा राखेर संस्थागत मनोमानी गरेका हुन उनीहरुको मनोमानीमा हाल सँस्थामा रहेका अन्य केहि पदाधिकारीको पनि भित्रि सहयोग गरिरहेका छन । उनीहरुले आफ्नै आन्तरिक लगानी रहेको इन्फिकेयर प्राली लाई एमआईएसको सम्पुर्ण जिम्मेवारी दिदै संघमा बिना प्रतिस्पर्धा प्रवेश गराएका थिए ।

इन्फिकेयर प्राली रेमिटेन्स सम्बन्धी कार्य गर्ने कम्पनि भएको र एमआईएस सम्बन्धी हाल सम्म कुनै पनि काम नगरेको भए पनि सचिब जोशीको दबाबमा एनआरएनएमा प्रवेश गराईएको एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

यस बिषयमा संघका अध्यक्ष कुमार पन्तसँग सम्पर्क गर्दा परराष्ट्रबाट पत्र आएको स्वीकार्दै आफु बिधान सम्बत तबरले अगाडी बढ़ने बताए ।पन्तले कसैलाई काखा कसैलाई पाखा नगरी समयमै आफुले निर्बाचन सम्पन्न गर्ने तर्फ ध्यान दिएको जनाउदै छिट्टै पररास्ट्रको जवाफ पठाउने दाबी गरे । दशौ अधिवेशनबाट चयन गरिएको अध्यक्ष मण्डलले निर्वाचनका सम्बन्धमा असन्तुष्ट ३० जना निर्वाचनमा पराजित उम्मेदवारहरुले उजुरी गरेपछि राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन समिक्षा समिति गठन गरेको थियो ।

सो समितिले गत हप्ता ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिङ लिकं एउटै मेलमा प्राप्त गरि २,९०४ मत खसालिएको पाइएकाले निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *