७ भाषामा ल्याए टंक बुढाथोकीले ‘धन्यवाद’

२८ साउन , काठमाडौं : गायक तथा संगीतकार टंक बुढाथोकीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सात भाषामा ‘धन्यवाद’ बोलको गीतलाई सार्वजनिक गरेका छन् । उनले नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सात भाषामा रहेको सातवटै भिडियो ‘टंक बुढाथोकी’ युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

शब्द , संगीत टंककै छ भने उनलाई गायनमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । गीतको भिडियोमा राहुल शाह , समिश्रिका परियार साथै गायक–गायिका टंक र अन्नु स्वयंले अभिनय गरेका छन् ।

गीतको ६ वटा भिडियोको निर्देशक मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादन पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *