६१ किलो सुन प्रकरणमा थप एक जना पक्राउ

२२ भदौ, काठमाडौँ : गत साउन ३ गते त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।

ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *