६० केजी सुन तस्करी प्रकरण : थप एक पक्राउ

१९ भदौ, काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई सहयोग गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।

बुटवल निवासी सुमन खरेललाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको सिआइबीका एक अधिकृतले रातोपाटीले बताए । राजस्व अनुसन्धान विभागले साउन १९ गते ६० केजी ७१६ ग्राम सुन बरामद गरेको थियो । यो सुन हङकङबाट ‘रेडी ट्रेड प्रालि’ले तस्करी गरेको थियो ।

र स्कुटरको ब्रेक प्याड भित्र लुकाएर लि. विभागले भदौ ६ गते सिआइबीलाई अनुसन्धानको जिम्मा दिएको थियो । योसँगै मुद्दामा पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *