६० केजी सुन तस्करी प्रकरणः ५ अभियुक्तको बयान लिइयो

४ असोज, काठमाडौँ : हालै ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५ प्रतिवादीको बयान लिइएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उक्त बयान भएको हो । तीन चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ र ली नेङ्काई, भन्सार अधिकृत रुक्मिना सुब्बा र हर्कराज राईको बयान लिइएको छ ।

जिल्ला अदालत काठमाडौंका रजिष्ट्रार कौशलेश्वर ज्ञवालीले रातोपाटीलाई विभिन्न चार ठाउँमा राखेर प्रतिवादीको बयान लिइएको बताए । मुद्दामा २६ जनालाई प्रतिवादी र ३ जनालाई फरार प्रतिवादी कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *