६० किलो सुुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

१ भदौ, काठमाडौं : गत ३ साउनमा राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । भने १५५ किलो ‘ब्रेक शु’ सहितको सुन गालेर जोख्दा ६० किलो भएको थियो र त्यस ६० किलो सुन बरामद प्रकरणमा गएराति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट थप दुई जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।प्रहरीका अनुसार हालसम्म पक्राउपर्ने मध्ये उनीहरु सबैभन्दा उच्च तहमा काम गर्ने व्यक्ति भएको छ तर नाम भने खुलाएको छैन ।

यसैबिच, हालसम्म ६० किलो सुुन प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *