६० किलो सुन तस्करी प्रकरणः अभियुक्तको बयान सकियो, भोलिदेखि थुनछेक बहस

९ असोज, काठमाडौँ : ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रहरी हिरासतमा रहेका २६ प्रतिवादीको बयान लिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ प्रतिवादीको बयान लिइएको थियो । भोलि बुधबारदेखि थुनछेक बहस सुरु हुने सूचना अधिकारी दाहालले जानकारी दिए । उक्त मुद्दामा हाल २६ जना प्रहरी हिरासतमा छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३ जना फरारसहित २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *