५५० लाई पछि पार्दै १६ छानिए खोटाङ आईडोलमा

खोटाङ, १७ माघ १९ – खोटाङ आईडोलको सिजन एकमा खोटाङ जिल्लाका ५५० प्रतियोगीहरुलाई पछाडी पार्दै १६ जना गायक÷गायिकहरु मङ्गलबार छानिएका छन् ।

मङ्गलबार साँझ सार्बजानिक गरिएको परिणाम अनुसार रुपाकोट मझुवागढी नगरपालिकाबाट अमिता राई, रोशन लिङ्देल, तेज राई, केदार अनुरागी, सिर्जना राई, पर्शुराम गजमेर, युबराज राई, राजन गिरी र उमेश राई प्रतियोगितामा सफल हुनु भएका छन् भने, जन्तेढुङ्गा गाउँपालिकाबाट रुपेश राई रहनु भएका छन् ।

त्यसैगरि खोटेहाङ गाउँपालिकाबाट देवान सुप्तिहाङ, केपिलासगढी गाउँपालिकाबाट सुमन राई, एैसेलुखर्क गाउँपालकाबाट कल्पना राई, लामिडाँडा गाउँपालिकाबाट ईसारा चेली, साकेला गाउँपालिकाबाट सुजता परियार, र दिप्रुङ गाउँपालिकाबाट रोहित चामालिङ आईडोलमा छानिनु भएको आयोजक संस्था परिबर्तन नेपालका अध्यक्ष जिबन राईले बताउनु भयो ।

कला र संगितको पहिचान नब प्रतिभा खोजी हाम्रो अभियान मूल नाराका साथ दुई महिना देखि सुरु भएको आईडोल १० गाउँपालिकाको ११ केन्द्रबाट नब प्रतिभाहरु खोज्न सुरु गरिएको थियो ।

यस प्रतियोगितामा प्रथम हुनेलाई ५४ हजार ५७४ र एउटा गित रेकर्डिङ, ६ महिना निःशुल्क संगित कक्षा, दोश्रो हुनेलाई २४ हजार ५७४ एउटा गित रेकर्ड र तीन महिना संगित कक्षा, तेश्रो हुनेलाई १० हजार रुपियाँ र एउटा गित रेकर्ड गरिदिने आयोजकले जनाएको छ । भने चौथो हुने प्रतियोगिलाई पत्रकार तथा गोरखापत्र देनिकका खोटङ समाचारदाता उजुर राईले एउटा गित रेकर्डिङ गरिदिने हुनु भएको छ । आईडोलको अर्को अडिसन यहि माघ २६ गते लोकपप राउन्डमा जाने आयोजकले जनाएको छ । उजुर राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *