३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा बिना विकेट गुमाएर ३२ रनको लक्ष्य पुरा गरे

१५ भदौ, काठमाडौँ : कौलालम्पुरको सेलाङ्गोर टर्फ क्लबमा आज भएको खेलमा नेपाली महिला क्रिकेट टोलीले बहराइनमाथि सहज जित हात पारेको छ ।

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेल बहराइनसँग खेल्दैछ । बहराइनले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपाली टोलीले १५.४ ओभरमा बहराइनलाई ३१ रनमा सीमित गरेको थियो । ३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा बिना विकेट गुमाएर ३२ रनको लक्ष्य पुरा गरेको थियो ।

कविता कुँवरले १४ बलमा १७ रन र सीता राना मगरले ३ बलमा २ रन बनाइन् । बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले २० बलमा ११ रन बनाइन् भने अन्य एकल अंकमा सीमित रहिन् । खेलको प्लेयर अफ दि म्याच नेपालकी इन्दु बर्मा घोषित भइन् । खेलमा उनले ३ विकेट लिएकी थिइन् । नेपाली महिला टोलीले आगामी सेप्टेम्बर ३ मा भुटानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *