२४ तोला सुनसहित पोखरामा एक महिला पक्राउ

२५ साउन , काठमाडौँ : काठमाडौंबाट पोखरा आने क्रममा पोखराको पृथ्वीचोकबाट बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका टोलीले २४ तोला सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका १ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङ रहेको छ ।

बैदामका प्रहरीले अहिले स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाउने काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *