२०२३ को मिस्टर नेपाल बिजेता समर्पणजंग बेनिशासँग डेब्यु फिल्म गर्ने

१६ साउन , काठमाडौं : अभिनेत्री बेनिशा हमाल र २०२३ को मिस्टर नेपालका बिजेता समर्पणजंग कार्की रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘उपहार’ मा अनुबन्धित भएका छन् ।

२०२३ को मिस्टर नेपाल बिजेता साथै बुद्ध एयरका व्यावसायिक पाइलट समेत रहेका कार्कीको यो डेब्यु फिल्म हुनेछ ।

उक्त फिल्मको निर्देशन ज्ञानेन्द्र देउजाले गर्नेछन् भने सिनेम्याटोग्राफरमो रुपमा विष्णु कल्पित रहने छन् ।

फिल्मको मुख्य भूमिकामा रेखासहित पूजा शर्मा र मुकुन भुसाल रहेका छन् भने फिल्मको भदौ ७ गतेदेखि छायांकन सुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *