२०२३ एसियाली खेलकुद: करातेमा अरिका गुरुङले रजत पदक जितिन्

२१ असोज, काठमाडौँ : चीनको हाङ्जाओमा जारी १९औँ एसियाली खेलकुदमा करातेमा आरिका गुरुङले रजत पदक जितेकी छन् ।

महिला ६८ केजी तौल समूहको फाइनलमा पुगेकी गुरुङ १९ वर्षीया कजाकिस्तानकी सोफ्या बेरुत्सेवासँग पराजित भएकी हुन् । यसका बाबजुद पनि गुरुङ एसियाली खेलकुदमा करातेमा रजत पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् र नेपाललाई यस खेलमा दोस्रो पदक दिलाएका छन् ।

यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *