१ क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्र

३० साउन, काठमाडौं : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन ब्रेक शुबाट छुट्टयाएर गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग्राम थियो भने गाल्दा खेरि सुन ७३ ग्राम घटेको छ ।

सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो र सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गालेर जोखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *