१९ औं एसियाली खेलकुद : महिला भलिबलमा नेपाल भारतसँग पराजित

१७ असाेज, काठमाडौं : चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । नेपाली महिला टोली भारतसँग १–३ सेटले पराजित भएको थियो । नेपाल पहिलो सेटमा भारतसँग २३-२५ ले पराजित भएको थियो। दोस्रो सेट २६-२८ ले जित्यो। तर, त्यसपछिका दुई सेटमा हार बेहोरेको थियो । नेपालले तेस्रो सेटमा २५-२३ र चौथो सेटमा भारतले २५-१७ को सहज जित हात पारेको थियो। नेपाल यसअघि समूह चरणका खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *