१९ औं एसियाली खेलकुद : नेपालले माल्दिभ्सलाई हरायो

१४ असोज, काठमाडौँ : जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ ।

२१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ दशमलव ४ ओभरमा अलआउट हुँदा ७४ रन मात्रै बनाउन सकेको थियो । नेपालका लागि अभिनाश बोहराले दुई ओभरमा ६ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले २७ बलमा ५२ रन बनाए भने कुशल मल्लले २० बलमा अविजित ४७ रन, कुशल भुर्तेलले १८ बलमा ३५ रन र गुलशन झाले १९ बलमा ३५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले ३ विकेट लिए भने थोलाल मोहम्मद रायन, मोहम्मद मिउवान र नसीर नाइल इस्माइलले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *