१९ औं एसियाली खेलकुद : नेपाल क्वाटरफाइनलमा भारतसँग पराजित

१६ असाेज, काठमाडौं : चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।  मंगलबार भएको खेलमा भारतले नेपाललाई २३ रनले पराजित गरेको हो ।

भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर २०२ रन बनाएको थियो ।  आफ्नो पालोमा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सकेको थियो ।

योसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *