१०० दिनको अवसर पारी लामिछानेले ल्याए नि:शुल्क सेवाहरु

१७ साउन , काठमाडौँ : चितवन क्षेत्र नं २ बाट दोस्रोपटक निर्वाचित भएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निशूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्य जाँच, नमूना विद्यालय निर्माण गर्ने त्यस्तैगरी गरिब तथा विपन्न नागरिकका लागि ५ लाख बरावरको स्वास्थ्य बीमा, ६५ वर्षभन्दा माथिको उमेरका वृद्धवृद्धा र अशक्तलाई घरमा नै गएर स्वास्थ्य जाँच गर्ने लगायतका घोषणा गरेका छन् ।

३२ सिटे निजी बसलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको र उब्त बसमा महिलाहरु मात्रै चढ्न पाउने छन् र उनीहरुले बसको भाडा तिर्नु समथै उनी निर्वाचित भएको १०० दिनसम्मको तयारी पछि उनले घोषणा गरेका कार्यक्रम, कार्यालय सञ्चालन, कार्यकारी अधिृकत जस्ता विषयले निर्वाचित क्षेत्रमा सांसदको खर्च बढाउने गरि सार्वजनिक भएका कुरा रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिएका छन् ।

भाडामा चल्ने बसको पुरानो स्वरुपको रंगलाई राष्ट्रिय स्वतन्त्र पार्टीको चिन्ह निलो रंग लगाइएको छ भने हरेक दिन बिहान बस कालिका नगरपालिकाको शक्तिखोरदेखि चल्न सुरु गेरेर जुटपानी, खोलेसिमल पदमपुर हुँदै भरतपुरको वाइपास रोड, सरकारी अस्पताल, चौविसकोठी पूल्चोक, पोखरा बसपार्क, देवघाट, ठिमुरा रामनगर, पोखरा बसपार्क, पूल्चोक शिवघाट, धर्मचोक चौविसकोठी, अस्पताल रोड, हाकिमचोक बसपार्क लगायतका क्षेत्रमा घुमिरहने स्वकीय सचिव सिग्देलले जानकारी दिए ।

बसमा चढ्ने महिलाहरुका लागि रवि लामिछानेको फोटोसहितको एक कार्ड दिइने छ र कार्ड स्क्यान गरेपछि मात्रै बसमा चढ्न पाइने छ । कार्डमार्फत् बसमा को–को चढे भन्ने कुराको रेकर्ड रहने र बस भित्र आफ्ना गुनासा तथा सुझावहरु राख्न सुझाव पेटिका, सेनिटरी प्याड लगायतका सामग्रीहरु राखिनेछ ।

अहिले हाल एउटा मात्रै बस चलाएर परीक्षण गर्ने र पछि आवश्यकता अनुसार बसहरु थप्दै लैजाने योजना रहेको सांसद लामिछानेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *