ह्यारीकेनमाथि स्पेनिस क्लबको नजर

काठमाडौं ।स्पेनिस क्लब रियल म्याड्रिडले विश्वस्तरीय स्ट्राइकर भित्र्याउने अभियान थालेको छ । सदाबहार स्ट्राइकर करिम बेन्जिमाले क्लब छाडेपछि म्याड्रिड नयाँ स्ट्राइकर भित्र्याउने योजनामा रहेको स्पेनिस मिडियाहरूले जनाएका छन् । स्पेनिस मिडियाहरूका अनुसार बेन्जिमाको स्थानमा इंग्लिस क्लब टोटनह्यामका कप्तान ह्यारी केनलाई म्याड्रिडले अनुबन्ध गर्न सक्छ ।

टोटनह्यामबाट केनले चार सय ३५ खेलमा दुई सय ८० गोल गरेका छन् । बेन्जिमाले १४ वर्ष म्याड्रिडमा बिताएका थिए । केन मात्र नभएर म्याड्रिडले नेपोलीका भिक्टार ओसिहन, इन्टर मिलानका लाउटारो मार्टिनेज, चेल्सीका काई हाभेट्ज तथा युभेन्टसका भाल्कोभिकमाथि पनि नजर राखेको छ । १४ पटकको युरोपियन च्याम्पियन्स लिग च्याम्पियन म्याड्रिडले पाँच खेलाडी सर्ट लिस्टमा राख्दा केनलाई पहिलो प्राथमिकतामा राखेको छ । केनसँग सम्झौता गर्न म्याड्रिडले सुरुवाती ७७ मिलियन युरो प्रस्ताव राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *