हेटौंडामा चिकित्सकमाथि हातपात गर्ने २ जना पक्राउ

२८ भदौ, काठमाडौँ : हेटौंडामा दुई चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

डाक्टर विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार राम प्रधान र रमिता प्रधानलाई पक्राउ गरेको थियो । आक्रमण बुधबार भएको थियो । डेंगुका कारण ज्यान गुमाएका रोजेश प्रधानको उपचारमा लापरवाही भएको भन्दै राम र रमिताले डाक्टरमाथि आक्रमण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेन्दाईले बताए ।

चिकित्सकले भने अहिलेसम्म उजुरी दिएका छैनन् । अस्पतालमा डाक्टरमाथि हात हानेको आरोपमा दुवै जना पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *