हिमालयन बैंक लि.शाखा धरानले ऋण कर्जामार्फत आफूसँग बढी रकम असुली गरेको दुःखेसो

काठमाडौं, २९ माघ – नेपाली सेनाका पूर्व जवान पूर्णबहादुर घिमिरेले हिमालयन बैंक लि.शाखा धरानले ऋण कर्जामार्फत आफूसँग बढी रकम असुली गरेको दुःखेसो पोखेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पीडित घिमिरेले पत्रकार सम्मेलन गरेर हिमालय बैंक लि. शाखा धरानले आफूसँग बढी रकम असुली गरेको जानकारी गराएका हुन् ।
उनले भने,‘मैले व्यवसायको लागि २०६३ सालमा उक्त बैंकबाट ओटीतर्फ १० लाख ५० हजार र सुविधातर्फ ४ लाख ५५ हजार रुपैयाँ ऋण लिएको थिएँ, सुविधा शीर्षकमा लिएको ऋणको साँवा र ब्याज गरि पाँचवर्षभित्र तिर्नुपर्ने थियो मैले तीन वर्षमै तिरेको छु, त्यसको सवुत प्रमाण मसँग छ ।’

उनले भने,‘त्यस्तै ओटीतर्फ लिएको ऋणको ब्याज तिर्दै बार्षिक नवीकरण गर्दै आएको छु, तर बैंकले शुरुमा लगाएको ब्याज आफुखुसी बढायो त्यसपछि मैले तेरो ब्याज खाँन्न भने,‘मैले बैंकको पैसा बुझाउँछु भनेपछि २०६७ पुस २० गते अन्तीम ब्याज स्वरुप ३६ हजार ३ सय ७८ रुपैया तिरेको र २०६७ फागुन २५ गते साँवा र ब्याज तिर्न जादाँ ८१ हजार बढी ब्याज तिर्नुपर्ने स्थिति आउँदा म अदालत धाउँन बाध्य भएको हुँ ।’

मासिक रुपमा मैले तिर्दै आएको १० लाख ५० हजारको ब्याज गरेर १० लाख ७३ हजार तिर्नुपर्नेमा ११ लाख ३० हजार ९९० रुपैयाँ बmुझाउन बाध्य बनायो ।’
जिल्ला अदालत सुनसरीबाट २०७० जेठ ९ गते पीडितको विपक्षमा फैसलाको गरेपछि पीडितले पुनरावेदन अदालत मोरङमा निवेदन दिएका थिए । पुनरावेदन अदालत मोरङले जिल्ला अदालतको फैसला उल्टी गरि पीडित घिमिरेको पक्षमा २०७१ असार १० गते फैसला गरेको थियो ।

बैंकले उक्त मुद्दाका बारेमा थप रिट सर्वोच्च अदालत काठमाडौंमा रिट हालेको र उक्त मुद्धा पुनरावदेन अदालत मोरङकै आदेश मिलेको हुँदा सदर गरेका थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयनको लागि पीडित घिमिरेले २०७३ साल चैत्र ३१ गते पुनः जिल्ला अदालत सुनसरीमा रिट हालेको र बढी असुल गरेको रकमसँगै विगो क्षतिपूर्ती नपाएको जनाए ।

उनले अघि थपे, ‘च्याउजस्तै उर्मेका बैंकहरुले जनताहरुलाई विभिन्न शीर्षकमा ठगिरहेका छन्, सरकारले बैंकहरुमाथि कुनै प्रकारको निगरानी राख्ने गरेको छैन्, राष्ट्र बैंकले विभिन्न वर्गमा सूचिकृत गर्दै आईरहेको छ, बैंकहरु खोल्नु मात्रै ठुलो कुरा होईन, जनतालाई उचित किसिमको सेवा प्रदान गर्नुपर्छ ।’

उनले भने,‘जनताले सामान्य गल्ति गर्दा बैंकले त्यही अनुसारको कारबाही गर्छ, पक्राउ गर्न आदेश दिन्छ तर बैंकले ठगी गर्दासम्म प्रशासनले छुन सक्दैन, यस्तो स्थितिमा जनताले कुन निकायबाट न्याय पाउँने ?’ घिमिरेले बैंकको नाममा जनतालाई दुःख दिने, ठग्ने र अन्यायमा पार्नेहरुका बिरुद्धमा सञ्चार माध्ययम शसक्त भएर लाग्नुपर्ने सुझाव दिए ।

घिमिरेले अदालको आदेशलाई अटेरी गर्दै बैंकले तत्काल विगो र क्षतिपूर्ति प्रदान गर्न नलगाए राज्य सरकारका बिरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *