हास्यकलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

काठमाडौंँ । लोकप्रिय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।

हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन्। ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो।

यहि प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *