हस्पिटलका चिकित्सकमाथि कुटपिट

२८ भदौ, काठमाडौँ : हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि बुधबार कुटपिट भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइका अनुसार विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको हो । भने हेटौंडा(१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । र सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको छ ।

अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । भने डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *