हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’ बोलको गीत सार्वजनिक

१९ साउन , काठमाडौं : अभिनेता तथा गायक समेत रहेका हरिवंश आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा ‘ए केटा मादलु पड्का’ बोलको नयाँ गीत ल्याएका छन् ।उनले गीत बिहीबार युट्युबमा सार्वजनिक गरेका छन्।

गीतमा हरिवंशलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् भने भिडियोमा हरिवंशसहित प्रियंका कार्की र सरोज वलीलाई पनि देख्न सबिन्छ।

गम्भीर विष्टले निर्देशन गरेको यस भिडियोमा नवराज उप्रेतीको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *