” हरितालिका तीज-२०८० शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम” गत  भदौ २३ गते शनिबार सम्पन्न गरेको छ। 

२६ भदाै, काठमाडौं  : आनन्दनगरस्थित  दियो ब्यांक्वेटमा भव्य र सभ्य समारोहबीच सु-सम्पन्न भएको छ। कार्यक्रम संयोजक सरिता गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रम धरानकी चेली वरिष्ठ गायिकाद्वय मथुरा श्रेष्ठ र लोचन भट्टराई प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।  दुवैले आफ्ना लोकप्रिय गीतहरु गाएर उपस्थित सम्पूर्णलाइ नचाएर  कार्यक्रममा थप रौनक ल्याउनुभएको थियो।  कार्यक्रम अवधिभर सबै सहभागीहरुले सामुहिकरुपमा नाजगान गर्दै रमाइलो गर्नु भएको थियो।  लगभग २०० जना धराने चेलिहरुको सहभागिता रहेको कार्यक्रममा संयोजक समितिका सदस्य शशी शर्मा पौडेलले उपस्थित सहभागीहरुलाई आफ्ना शव्दहरुद्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन बरिष्ठ संचारकर्मी तथा धराने चेली रिता लिम्बूले गर्नु भएको थियोे । कार्यक्रममा

तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठ लगायत अग्रज शक्ति थापा र मनमोहन कर्माचार्य साथै तदर्थ समितिका सम्पूर्ण सदस्यहरु अतिथिका रुपमा हुनुहुन्थ्यो ।

यो कार्यक्रमलाई सफल बनाउनकालागि संयोजक समितिका महिला सदस्यहरु सरिता गौतम ,शशी शर्मा सुमि कर्माचार्य पुजन न्यौपाने जानकी बज्राचार्य लगायत कार्यक्रम निर्देशक बिनोद श्रेष्ठ तखाछें र सहयोगी रोजेश शाक्य हप्ता दिन अगाडिदेखि लागि पर्नु भएको थियोे । यस कार्यक्रमलाई आर्थिक रुपले सहजै सम्पन्न गर्नकालागि सनराइज ज्वेलर्सरत्न आभूषण ज्वेलर्सधरान गहना गृह प्रा. लि. सिद्धी दन्तकाली ज्वेलरी श्री पिण्डेश्वरी ज्वेलरी सौभाग्य ज्वेलर्स र नगमा (विशाल बजार) ले प्रायोजन गर्नु भएको थियोे ।

कार्यक्रमको सफलता पछि भबिस्यमा पनि यस्तै बिबिध कार्यक्रमहरुको आयोजना गरी काठमाडौमा रहेका धरानेहरुलाई संगठित गर्दै जाने र धरानको विकासका लागि हुने कार्यक्रम आयोजनामा साथ दिदै जाने  ” हामी धराने काठमाडौं “का  तदर्थ समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनु भयो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *