हङकङदेखि काठमाडौं : नेपालमा सुन तस्करी गर्ने व्यापक खुलासा

२८ भदौ, काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ब्रेक जुत्तामा लुकाएर नेपालतर्फ ३६० दशमलव ७७८ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

साउन १९ गते बरामद भएको ६०.७१६ केजी सुनको छानबिनपछि सिआइबीले थप ३०२.०६ किलोग्राम ब्रेक जुत्तामा लुकाएर तस्करी भएको निष्कर्ष निकालेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । यसबाट ब्रेक जुत्तामा लुकाइएको सुन तस्करी भएको अनुमानित कुल ३६०.७७८ किलोग्राम सुन लाग्छ। साथै विभिन्न इलेक्ट्रोनिक डिभाइसमार्फत पनि सुन तस्करी भएको थाहा पाएपछि यस विषयमा थप अनुसन्धान भइरहेको सिआइबी प्रमुख किरण बज्राचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *