स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दिइन् राजीनामा

काठमाडौं ।कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन्।

जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्। उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्।

राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन्।

पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *