स्वस्तिमा र मुकुनको ‘ऐंचो पैंचो’ को ट्रेलर सार्वजनिक

३० साउन , काठमाडौं : केपी फिल्म्सको व्यानरमा निर्माण भएको आगामी भदौ १४ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’ को ट्रेलर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा सार्वजनिक गरिएको हो ।
ट्रेलर रिलिज कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म ‘ऐंचो पैंचो’को सार्वजनिक भएको छ ।

यस फिल्ममा मुख्य सहायक निर्देशक विनयराज पौडेलको , प्रीतम लामिछाने र आध्या लामिछाने निर्माता साथै विशाल चौलागाई सहनिर्माता , विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ। भने अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम् राणाको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन रहेको छ ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको यस फिल्म कृषा चौलागाईंले निर्देशन गरेको छ भने फिल्ममा स्वस्तिमा र मुकनका साथै वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *