स्पेन नेशन्स लिगको फाइनलमा

काठमाडौं । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

नेदरल्याण्ड्सको डे ग्रोस भेस्टेमा भएको खेलको तेस्रो मिनेटमै यरेमी पेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ११औं मिनेटमै इटलीका सिरो इम्मोबाइलले पेनाल्टीमा गोल गर्खै खेल बराबरी गरे ।

८८औं मिनटमा जोसेलुले गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *