स्पेनिश कलाकारले गराए बौद्धिक अपाङ्ग बालबालिकालाई मनोरञ्जन्

काठमाडौं । स्पेनबाट आएका कलाकारहरुले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई जादु, तमाशा देखाएर मनोरञ्जन् गराए ।

गोकर्णेस्वोर नगरपालिका वडा नं. ५ मा स्थापित नयाँ जीवन नेपाल नामक संस्थामामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई स्पेनिश कलाकार ओस्कर र लोरेनले विषेश गरि जादु दखाएर खुशी बनाए । करिब सांझ ४ बजे सुरु भएको कार्यक्रम ६ बजेसम्म चलेको थियो । बालबालिकाहरुले पनि तमाशाको भरपूर्ण आन्नद लिए । उनीहरु निकै खुशी देखिन्थे ।

नयाँ जीवन नेपाल संस्थामा करिब २५ जना बौद्धिक अपाङ्गता बालबालिकाहरु छन् । सो संस्था सहयोगबाटै संचालन हुदै आएको संस्था हो ।

नयाँ जीवन नेपाल संस्थाका संस्थापक अध्यक्ष राजन खनालले सूचना खबरसंग कुरा गर्दै बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई स्पेनिश कलाकारहरुले मनोरञ्जन् गराएकोमा धन्यवाद दिए र आगामी दिनमा थप यस्ता कार्यक्रम संस्थामा गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *