स्पेनले जित्यो नेसन्स लिगको उपाधि

काठमाडौं । स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै स्पेन पहिलो पटक नेसन्स लिगको च्याम्पियन बनेको हो ।

नेदरल्याण्ड्सको रोटरडममा भएको फाइनलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । स्पेनका लागि डानी कार्भाजलले विजयी गोल गरे । त्यसअघि स्पेनका गोलकिपर उनाई सिमोनले क्रोएसियाका ब्रुनो पेटकोभिचको पेनाल्टी बचाएका थिए ।

स्पेनले ११ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलम पहिलो पटक उपाधि जितेको हो । यसअघि स्पेनले २०१२ मा युरो जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *