स्पेनलाई उपाधि जिताएपछि मात्र कप्तान कार्मोनालाई पिताको निधनको खबर सुनाइयो

४ भदौ , काठमाडौँ : महिला विश्वकप फुटबल प्रतियोगितामा स्पेनले इङ्ल्यान्डलाई १—० गोलले हराउँदै उपाधि आइतबार जितेको छ। २९ औँ मिनेटमा स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् ।

२३ वर्षीय कार्मोना स्पेनकी कप्तान पनि हुन् । स्पेनले महिला विश्वकपको उपाधि उचालेपछि उनले एउटा दुःखद समाचार सुन्नुपर्‍यो । स्पेनले उपाधि जितेपछि कार्मोनालाई उनको पिताको निधनको खबर सुनाइएको थियो ।

कार्मोनाको पिताको निधन तीन दिनअघि नै भएको थियो । तर, त्यो खबर उनलाई सुनाइएको थिएन । आफ्नो राष्ट्रलाई पहिलो पटक महिला विश्वकपको उपाधि जिताएपछि मात्र उनलाई पिताको निधनको खबर सुनाइएको थियो । केही समयअघि खुसीयाली मनाइरहेकी कार्मोना अप्रत्याशित रूपमा पिताको निधनको खबर सुनेर स्तब्ध बनेकी थिइन् । फाइनलअघि पिताको निधनको खबर थाहा पाएमा उनको र टोलीको प्रदर्शनमा असर पर्ने भएकाले परिवारको सहमतिमै त्यो खबर उनलाई सुनाइएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *