स्थानिय तह विभाजनमा असन्तुष्टी जनाउदै ज्ञापन पत्र

gyapan

सूचना खबर-नवीन लामिछाने मगर २४ कार्तिक, उदयपुर कटुन्जे बवला र मैनामैनी गाबिसका विभिन्न राजनीति दल तथा बुद्धिजीवी मार्फत उदयपुर जिल्ला अधिकारी समक्ष संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेस उदयपुर,ने.क.पा.एमाले उदयपुर,नेकपा माओवादी केन्द्र उदयपुर ,राप्रपा नेपाल उदयपुर ,संघीय फोरमवादी नेपाल उदयपुर ,नयाँ शक्ति नेपाल उदयपुर ,नेपाल पत्रकार महासंघ नेपाल उदयपुरको प्रतिनिधिले,उदयपुर जिल्लामा निर्धारण गरिएको स्थानीय तह मध्य बेलका नगरपालिका गठन गरि रामपुर केन्द्र समेत तोकि न्यायचित ढङ्गबाट वडा विभाजन र नामाकरण नगरिकन केन्द्रिय आयोगमा सिफारिस गरिएको प्रती सात बुदेँ असहमति जनाउदै तीन बुदेँ माग राखी जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाइएको हो ।

यदि यो अनुरोधलाई बेवास्ता गरिएको खण्डमा कटुञ्जे बवला र मैनामैनी गाबिसका जनता आन्दोलनमा उत्रने पनि चेतावनी दिएका छन्।र,यसको जवाफदेहि नेपाल सरकार हुनुपर्ने पनि उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *