स्थानिय चुनाव अन्तरगत ३१४ स्थानको परिणाम सार्वजनिक, एमालेको अग्रता

काठमाडौ २२ असार-स्थानीय तहको दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये ३ सय १४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । अब २० स्थानको नतिजा आउन बाँकी छ ।

एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । एमालेले १ सय ४० स्थानीय तहमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले एमालेलाई पछ्याउँदै १ सय १७ स्थानीय तहमा जित हासिल गरेको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३७ स्थानीय तहमा जित हासिल गरेको छ । अन्य दलहरुमा संघीय समाजवादी फोरम ७ र नेपाल लोकतान्त्रिक फोरमले ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ६ तथा राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित निकाल्दा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *