स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु : स्थानीय बासिन्दाले गरे सडक बन्द

७ भदौ, काठमाडौँ : जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले बस चालकलाई पक्राउ गरी कारबाही अघि बढाउन र मृतक मोटरसाइकल चालकको परिवारलाई राहत दिन माग गर्दै सडक बन्द गराएका छन् ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दिलिपकुमार गिरीका अनुसार बसको ठक्करबाट घाइते भएका यादवको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको छ ।

दुर्घटनापछि बसका चालक फरार छन् । भने जिल्ला प्रहरी कार्यालय महोत्तरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *