स्कुलको बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु

६ भदौ, काठमाडौँ : ब.१ प ६०१८ नम्बरको सेनम्यारी बोर्डिङ स्कुलको बसले गाउँपालिका-१ मिलन चोकस्थित सडकमा एक साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढिगंगा गाउँपालिका(१ मिलन चोक बस्ने खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भएका प्रदीप परियारको छोरा १२ वर्षीय सन्देश सुनाम रहेको छ ।

प्रहरीका अनुसार मंगलबार दिउँसो बस ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। भने बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *