सोलुखुम्बुको गुदेल-५ का बासिन्दाले आफ्नै लगानीमा दुईवटा काठे पुल बनाए

फागुन ५ सोलुखुम्बु,सोलुखुम्बुको गुदेल-५ का बासिन्दाले आफ्नै लगानीमा दुईवटा काठे पुल बनाएका छन् । अरुण भ्याल्ली पर्यटकीय पदमार्ग अन्तर्गत सानाम र तिउको बिचमा रहेको खेप्सुवा खोलामा ८ मिटर लामो पुल स्थानीय बासिन्दाले आफ्नै लगानीमा निर्माण गरेका हुन् ।

त्यस्तै निन्चोला र तिउको बिचमा रहेको ओम खोलामा पनि ७ मिटर लामो पुल निर्माण गरिए छ । सानाम, निम्चोला र तिउका ३२ घरधुरीबाट प्रतिघर दुई हजारका दरले उठाएको रकमले काठ कटानको काम र पुलमा कर्मी ज्याला दिएको तथा बाँकी सबै श्रमदान गरी दुईवटै पुल निर्माणको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *