सोमबार बस्ने राष्ट्रियसभा बैठकका लागि एउटै एजेण्डा तय

१८ भदौ, काठमाडौँ : राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

बैठकको सम्भावित एजेण्डा मात्रै तय भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार विधायन व्यवस्थापन समितिका अध्यक्ष जयन्तीदेवी राईले संविधानबमोजिम विचाराधीन कानूनको अध्ययन प्रतिवेदन २०८० माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *