सोनाम लोछार २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौ- भक्तपुर जिल्लाको ठिमीस्थित शंखरापुर पार्टी प्यालेशमा मोक्तान ब्रदर सोसाइटी द्वारा सोनाम लोछार २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

संस्थाको अध्यक्ष मीन लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केसब नेपाल रहेको थिए । उक्त कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष सुभाष लामाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री सुर्यमान दोङ, प्रदेश ३ की संसद सीता लामा,सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायत एक दर्जन भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रममा निर्देशक तथा हास्यकलाकार घनश्याम एण्टिनाको प्रस्तुति विशेष रोचक थियो ।

कार्यक्रम आयोजनाको उदेश्य माथी प्रकाश पार्दै संस्थाका वरिष्ठ उपाध्यक्ष सुभाष लामाले भने, तामाङको भाषा धर्म संस्कृतिको जगेर्न गर्दै तामाङ समुदायलाई एकढिक्का बनाएर लैजाने र तामाङ समुदायको अधिकार पुर्ण रूपमा प्राप्त नभएसम्म आफुहरु खबरदारी गरिरहने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *