सेफ्ट्यान्कीमा फसेर जंगली हात्तीको मृत्यु

३२ साउन, काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिका-७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्ट्यान्कीमा फसेर जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताका अनुसार हात्तीको पछाडिको शरीर सेप्टिक ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको र हात्तीलाई सेप्टिक ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *