सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम लिन्न: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अघि बढाइरहेको बताए । उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताए । उनले निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको उल्लेख गरे । मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्ने कुरामा सबैको ध्यानाकर्षण गराए ।

उनले प्रहरी समायोजनको प्रक्रिया अघि बढाउन र टुंगोमा पुर्‍याउन सरकार दृढ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *