सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै सभाको बैठक सकियो

२८ भदौ, काठमाडौँ : प्रतिनिधिसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बिहीबार अपराह्न ४ बजे सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । त्यसपछि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । शोक प्रस्ताव प्रस्तुत गर्दै सभामुख घिमिरेले नेम्वाङको निधनले देशका लागि ठूलो क्षति भएको बताए ।

बैठकमा उपस्थित सांसदहरुको अनुहारमा भावपूर्ण भाव थियो । ७१ वर्षीय नेम्वाङको सेप्टेम्बर १२ मा हृदयघातका कारण निधन भएको थियो । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *