सुलेमान शंकर (ईकु)को फिर्के मलेशियामा प्रदर्शन गरिने

तिलोचन गौतम / मलेसिया
सुलेमान इकु नेपाली हास्य कलाकारिता क्षेत्रमा निक्कै चर्चा पाएको नाम हो । भिन्न तरिकाले नेपाली हास्य क्षेत्रमा परिचय बनाएका सुलेमान इकु कहिले बन मान्छे बनेर र त कहिले मुखभरि मोसो दलेर रुख भिर पाखा कुदिरहेका देखिन्थे। यस्तै अभिनयबाट अशंख्य दर्शक स्रोताको मन मस्तिष्कमा छाइसकेका सुलेमान कलाकार भएर कुनै ठुलो घर गाडी ऐस आरामको आपेक्षा कहिले पनि राखेनन् ।

समाज परिवर्तनको सपना लिएर कलाकारिता क्षेत्रमा आएका उनि टेलिभिजनको पर्दामा दर्शकलाई प्रस्तुति बाट हसाउन मात्रै लागि परेनन् कलाकार मात्रै रहेनन् अब उनि २०७२ बैशाख १२ गते शनिबार गएको शक्तिसाली भुकम्पबाट घर बार पुरै तहसनहस भइ बाबू आमा गुमाइ टुहुरा बनेका १२ जना बच्चा लाई पालन पोषण गर्दै आइरहेका छन् ।

ती अनाथ बालबालिकालाई सुलेमान इकुले काठमाडौ मुल्पानी स्थित एक फ्लाइट भाडामा लिएर राखेका छन् । बालस्नेह आस्रम नाम दिएर ती बच्चाहरुको उज्ज्वल भविष्यको रेखांकन गरिरहेका छन् । कलाकारिता बाट कमाएको सम्पुर्ण रकम तिनै बालबालिकाको पालन पोषण ,रेख देख र पढाई लेखाइमा खर्चंदै आएका छन् । ती अवोध बालबालिकाको भविष्य सुनिस्चित गर्न थुप्रै चुनौती छन् आर्थिक भार छ उन्लाइ तरै पनि विशाल हृदय भएका उनी बाट थुप्रै कलाकारलाई एउटा प्रेरणादायि पाठ मिल्नेछ ।

केही समय अगाडि मलेसियाको एक स्टेज कार्यक्रमको लागि आएका उनी ती बालबालिका को भविष्यको चिन्ता व्यक्त गर्दै सहयोगको लागि अपिल गरेका थिए । सोही अपिललाई वैदेशिक रोजगारीको सिलसिलामा मलेशियाको मुहार राज्यमा कार्यरत DXN ग्रुप मुहारको तर्फबाट प्रतिनिधि स्नेह आश्रममै गएर अनाथ बालबालिकालाई नगद रु २२३८५ बाईस हज़ार तीन सय पचासी नगद र खानेकुरा फलफूल सहयोग सहयोग गरेका छन् ।

डिएक्सएन (डXण) का सहयोग दाताले पछिल्लो समय नेपाली बजारमा चर्चा पाउदै गरेको सुलेमान इकुको फिर्के चलचित्र पनि मलेशियामा च्यारिटी सो गरिदिने भएका छन् । लामो समय यता चलचित्र फिर्केको सेरोफेरोमा रहेर निक्कै ब्यस्त सुलेमान इकु आफ्नो चलचित्रले सफलता पाएमा अनि यस्तै सहयोगहरु सङकलन भै रहे मा छिटै भाडामा राखेका ती बालबालिकाहरुलाइ एउटा आश्रम घर बनाउने योजनामा आफु रहेको कुराकानीका क्रममा जानकारी दिएका छन् ।

कलाकारिता क्षेत्रमा जन्मिएका यस्ता कलाकार र तिनले गरेका काममा सहयोगी मनहरुको आवश्यक रहेको बताउदै सहयोगको अपेक्षा समेत राखेका छन् । सहयोग गर्न चाहाने सहयोग दाताहरुलाई स्नेह आश्रमको सिद्धार्थ डेभलपमेन्ट बैंकमा रहेको 0100010014408000001 खाता नम्बरमा सहयोग र रकम जम्मा गर्न सकिने या 9841515080 मा सिधै सुलेमान इकुलाई सम्पर्क गरेर सहयोग गर्न सकिने सुलेमान इकुले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *