सुरज चापागाँई ‘बान्द्रे’ले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग लगनगाँठो कसे

पौष १ काठमाडौ, हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग लगनगाँठो कसेका छन् ।

एक वर्ष अघि कार्यक्रम प्रस्तुतिका लागि गोंगबुको एउटा स्कुलमा पुग्दा सुरजको पहिलो भेट उषासँग भएको थियो । उषा त्यहि स्कुलको शिक्षिका थिइन् । पहिलो भेटमा खासै बोलचाल भएन । तर, सुरजले भने आँखा लगाइसकेका थिए । ‘मैले साथीहरुलाई त्यो मिसको नम्बर लिनु है भनेको थिएँ’ सुरजले भने ।

भेटघाट बाक्लिँदै गएपछि सुरजले आफ्नो घरमा कुरा गरका थिए भने उषाले पनि घरमा कुरा गरेकि थिइन् । दुबै तर्फका परिवारले सहमति जनाएपछि विवाह भएको थियो । वुधबार बिहे बन्धनमा बाँधिएका सुरजले बिहिबार आफन्त र साथीभाइलाई बिहे भोज खुवाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *