सुम्निमा फाउण्डेसन द्वारा मृगौला पिडित धनकुमार राईलाई सहयोग रकम हस्तान्तरण

kidny dhanakumarसूचना खबर-मंसिर ५ काठमाडौ, पुर्ख्यौली थलो खोटाङ्ग बास्पानी ९ खोक्मा घर भई,हाल लेटाङ्गको भोगोटेनि नगरपालिकामा बस्दै आएका मृगौला पिडित धनकुमार राईलाई सुम्निमा फाउण्डेसनले सहयोग रकम हस्तान्तरण गरेको छ । धरानस्थित बीपी मेमोरियल अस्पतालमा मृगौलाको डाइलासिस गराईरहेका राईको फोक्सोमा पानि पनि जमेको छ ।

सुम्निमा फाउण्डेसनले धनकुमार राई बचाउँ आर्थिक सहयोग अभियान सुरु गरेपछि एक लाख छयालीस हजार दुई सय छैसट्ठी (१,४६,२,६६) रुपैयाँ संकलन गरेको जानकारी सुम्निमा फाउण्डेसनका युवराज साम्पाङ्गले सूचना खबरलाई दिए । जम्मा भएको उक्त रकम सुम्निमा फाउण्डेसनका सदस्य चन्द्रकला राई मार्फत गत मंसिर १ गते नै धनकुमार राईलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग गर्ने सहयोगी हातहरुलाई सुम्निमा फाउण्डेसनका संचालक युवराज साम्पाङ्गले धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *