सुन र चाँदीको मूल्यमा गिरावट

१७ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको मूल्य घटेको छ । सुन तोलाको ६ सय र चाँदी तोलाको १५ रुपैयाँले घटेको छ ।
छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन एक लाख १३ हजार रुपैयाँ थियो भने चाँदी एक हजार ४७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *