सुन र चाँदीको मूल्यमा गिरावट

२७ भदौ, काठमाडौँ : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार आज सुन र चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार एक लाख १२ हजार रुपैयाँमा छापावाल र एक लाख ११ हजार ४५० रुपैयाँमा तेजावी सुनको खरिदबिक्री भएको थियो ।भने आज छापावाल सुनको मूल्य एक लाख ११ हजार २००, तेजावी सुनको मूल्य एक लाख १० हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै, एक हजार ४०५ रुपैयाँमा हिजो चाँदीको खरिदबिक्री भएको थियो । भने आज चाँदीको मूल्य एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *