सुन र चाँदीको मुल्य बढ्यो

१४ साउन , काठमाडौं : सुनको मुल्य नेपाली बजारमा आज प्रतितोला ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

गत शुक्रबार तेजावी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो भने आज एक लाख १२ हजार ३५० सोही मुल्यमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज आइतबार चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ भने शुक्रबार हेरी चाँदीको मुल्य आज प्रतितोला ५ रुपैयाँले बढेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *