सुन तस्करी प्रकरणः सिआइबीले लियो बीआईडीएच ल्याब मालिकको बयान

२५ भदौ, काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरोले ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा बिआइडीएच ल्याब सञ्चालक भीमकान्त भण्डारीको बयान लिएको छ ।

यसअघि पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग उनको संलग्नता भेटिएपछि सिआइबीले उनको बयान लियो । राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरेको ब्रेक जुत्ताबाट ६० किलो सुन बरामद गरेको छ ।

हङकङबाट तस्करी भएको सुन गत असार १९ गते सिनामंगलबाट बरामद गरिएको थियो । सिआइबीले अहिले सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ । योसँगै मुद्दामा पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *