सुन तस्करी प्रकरणः उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन

१४ असोज, काठमाडौँ : सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि यो निर्णय भएको एमालेका पार्ट सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ र यो निर्णय आजको प्रतिनिधिसभाको बैठकमा पनि बुझाइनेछ,’ उनले भने । एमाले सचेतकले भने ।

बैठकपछि मन्त्रिपरिषद्ले उच्चस्तरीय छानबिन आयोगको संयोजकमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको हो । एमालेसहित केही दलले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएका छन् । सरकार र राजनीतिक दलबीच भदौ २३ गते यस्तो आयोग गठन गर्ने सहमति भएको थियो । आयोगलाई छानबिन गर्न तीन महिनाको समय दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *