सुन तस्करी प्रकरणः इन्टरपोलसँग सीआईबीको सहयोग माग

१० भदौ, काठमाडौँ : नेपाल प्रहरीले पछिल्लो समय सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)सँग सहयोग मागेको छ ।

घटनामा विदेशी नागरिकको संलग्नता भेटिएपछि अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले इन्टरपोललाई पत्राचार गरेको छ ।

सिआइबीले हङकङ र भारतको इन्टरपोललाई सहयोगका लागि पत्राचार गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

सन् २०२३ साउन १९ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक जुत्तामा लुकाएर राखेको सुन बरामद गरेको थियो ।

उक्त घटनामा नेपाल प्रहरीले हालसम्म २३ जनालाई पक्राउ गरेको छ । उक्त घटनामा चिनियाँ र भारतीय नागरिकको पनि संलग्नता रहेको सीआईबीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *